कामपा ७ स्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर

दक्ष खबर 16544+ समाचार ( )
६ पौष २०८१, आइतबार

काठमाडौँ। उपत्यका विकास प्राधिकरणले काठमाडौँ महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरु भत्काउन शुरु गरेको छ ।

आइतबार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवनहरु भत्काउन शुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ ।

सो क्रममा स्थानीयहरुले केहीबेर अवरोध समेत गरेका थिए । मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।

धोविखोला र वागमती नदी किनारमा करिव ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार