कामपाकाे बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट संशोधित बजेट कार्यपालिकामा पठाउने निर्णय

दक्ष खबर 16544+ समाचार ( )
२८ मंसिर २०८०, शनिबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाे बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकले संशोधित बजेट सम्बन्धी प्रस्ताव कार्यपालिकामा पठाउने निर्णय गरेको छ । उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
चालु आर्थिक वर्षका लागि बिनियोजन गरिएको बजेटको सीमामा फरक नपर्ने गरी कार्यान्वयन हुन नसकेका आयोजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने कार्यक्रममा संशोधन गर्न सकिने व्यवस्थाबमोजिम विभागहरुबाट प्राप्त मागका विषयमा छलफल गर्दै समितिले संशोधन शिफारिस गरेको हो ।
समितिले पठाएको प्रस्तावका बारेमा पुस २९ गते बस्ने कार्यपालिका बैठकमा छलफल हुनेछ । कार्यपालिका बैठकपछि त्यसै दिन नगर सभाको १४औँ अधिवेशन सुरु गर्ने महानगरपालिकाको तयारी रहेकाे छ ।
वैठकमा प्रवक्ता नविन मानन्धरसहित विषयगत समितिका संयोजकहरु, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्यहरु बाबुराम भट्टराई, सुरजराज काफ्ले, नि. प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइराला लगायत विभागीय प्रमुखहरुकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार