'रनवे ड्रिम्स २०२३' को तेस्रो सिजनको अडिसन सम्पन्न, ३० जना प्रतिस्पर्धी छनोट

दक्ष खबर 16544+ समाचार ( )
१३ श्रावण २०८०, शनिबार

काठमाडौँ । ड्रिम्स इन्टिच्युट अफ मोडलिङ फेसनको आयोजनामा 'रनवे ड्रिम्स २०२३' को तेस्रो सिजनको अडिसन सम्पन्न भएको छ । शनिवार त्रिपुरेश्वरको ज्यासविन फिटनेस सेन्टरमा आयोजित अडिसनबाट ३० जना प्रतिस्पर्धीहरू छनोट गरिएको हो ।

२०१९ देखि शुरूवात भएको 'रनवे ड्रिम्स' को तेस्रो सिजनमा ७० जनाको आवेदन आएको र जसमध्ये ३० जना प्रतिस्पर्धीहरू सहभागी हुने ड्रिम्स इन्टिच्युट अफ मोडलिङ फेसनका एजुकेटिभ डाइरेक्टर समीर सिंह क्षेत्रीले जानकारी दिनुभयो । उहाँले रनवे ड्रिम्सको थिम नै 'फिटनेस विथ फ्यासन' रहेको र यसले मोडलिङमा भविष्य खोजीरहेका पुरूष तथा महिलाहरूलाई महत्त्वपूर्ण अवसर प्रदान गरिरहेको उहाँले बताउँनुभयो ।

त्यस्तै,'रनवे ड्रिम्स २०२३' का सहभागीहरूले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरूमा सहभागी हुने अवसर प्रदान गरेको इभेन्ट म्यानेजर पोषण शर्माले बताउनुभयो । उहाँले,'रनवे ड्रिम्स २०२३' मा सहभागी प्रतिस्पर्धीहरूले आगामी डिसेम्बरमा मलेसियामा हुने ईपोः फेसन विक, फिलिपिन्समा आयोजना हुने मिस्टर व्लड नोवल किंङ, क्वुन अफ इन्टरनेशनल टुरिजम र दुबईमा हुने वर्ल्ड फेसन फेस्टिवल अवार्डमा सहभागी हुने अवसर पाउने शर्माले बताउनुभयो ।

उहाँले, पछिल्लो समय फेसनका विभिन्न शोहरू आयोजना हुने गरेको र उत्कृष्ट प्रतिस्पर्धीहरू छनोटमा केही कमिकम्जोरी देखिएकाले यसलाई चिर्न रनवे ड्रिम्स सक्षम रहेको शर्माले बताउनुभयो ।

विभिन्न विधागत रूपमा छनोट गरिएको प्रतिस्पर्धीहरूको जजका रूपमा एक्ज्युकेटिभ डाइरेक्टर समीर सिंह क्षेत्री, इन्टरनेशनल डिजाइनर ज्वालाराज पोख्रेल, फिटनेस टेनर प्रदीप न्यौपाने र खल्तीका सिनियर अफिसर अफ इभेन्टस् पुजा धामी रहनु भएको थियो । 'रनवे ड्रिम्स २०२३' दोस्रो सिजनको विजयी रिसभ मित्तल र स्नेहा ढकाल रहनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार