काठमाडौँ । नेशनल प्याव्सन काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा काठमाडौंँ जिल्ला अन्तर्गतका स्थानीय तहमा रहेका राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याव्सन) को पिभिएसटी बैठक सम्पन्न भएको छ ।
बैठकमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षकाे सहभागीता रहेकाे थियाे । बैठकमा सांगठनिक तथा आर्थिक प्रतिवेदन पेश गरिएको थियो बैठकमा शैक्षिक क्षेत्रमा थप प्रभावकारी कार्यक्रम ल्याउन एन प्याब्सनले कसरी भुमिका खेल्न सक्छ भन्ने विषयमा छलफल गरिरहेको अध्यक्ष खडक बहादुर बस्नेतले बताउनुभयाे ।
बैठकमा संगठन सुदृढीकरण, केन्द्रको रुलिङ मानेर चन अफ कमाण्डमा जानुपर्ने, क्वालिटी मेम्वर कसरी ल्याउने भन्ने वारेमा पनि छलफल गरिएको संचार विभाग प्रमुख तथा सचिवालय सदस्य राजन श्रेष्ठले जानकारी दिनुभयाे । काठमाडौं जिल्ला कार्यसमितिका सचिव अमृत खड्काले कार्यक्रम संचालन गरेका थिए ।