नेपाल वेदविद्याश्रमको आयोजनामा प्रवेशिका उत्तीर्ण विद्यार्थीहरूको बिदाइ तथा पुरस्कार प्रदान कार्यक्रम सम्पन्न

सुजन तिमल्सिना 23+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

काठमाडौँ । नेपाल वेदविद्याश्रम संस्कृत माध्यामिक विद्यालयले प्रवेशिका उत्तीर्ण विद्यार्थीहरूको बिदाइ तथा पुरस्कार प्रदान सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज आयोजित एक कार्यक्रमका बिच प्रवेशिका उत्तीर्ण विद्यार्थीहरूलाई बिदाइ तथा पुरस्कार प्रदान सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री एवं संघिय सांसद गगन थापाले शिक्षा विधेयक २०८० मा संस्कृत शिक्षालाई समेत प्राथमिकतामा राखेर अगाडि बढाइने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नयनका लागि वेद विद्याश्रम सधैं अग्रपंक्तिमा खटिन आवश्यक रहेको बताउनुभयो । महामन्त्री थापाले, संस्कृत शिक्षा आजको आवश्यकता भन्दा पनि विश्वले पहिचान गर्दै अवलम्बन गरिरहेको भाषा भएकाले यसलाई अझै प्राथमिकतामा राखेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, काठमाडौँ महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगतले परापूर्व कालदेखि चल्दै आईरहेको देव भाषा अर्थात संस्कृत भाषालाई वेदविद्याश्रमले जसरी अगाडि बढाइरहेको छ यो कुरा चानचुनको नभएको बताउनुभयो । उहाँले विद्यालयगत हिसावले विभिन्न उमेर समुहका विद्यार्थीहरूको सहभागीतालाई देखेर आफु प्रफुल्लित रहेको बताउनुभयो ।


त्यस्तै, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले संस्कृत शिक्षा सँगसँगै अंग्रेजी भाषा लाई पनि सँगसँगै अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कक्षा १२ उत्तिण विद्यार्थीहरूको विदाई भन्दा पनि स्वगत कार्यक्रम भएको बताउदैँ यो सबै विद्यार्थीहरूको कर्मथलो रहेकाले यसको उन्नयनका हामी सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रमका सभापति एवं नेपाल वेद विद्याश्रमका प्रधानाध्यापक केशव प्रसाद अधिकारीले, पुरस्कृत सम्पूर्ण विद्यार्थीहरूलाई बदाई ज्ञापन गर्दै आगामी दिनको उज्जज भविश्यको कामना गर्नुभयो । उहाँले वेदविद्याश्रमले सबै कुरालाई पूर्णताका साथ अगाडि बढाउन नसकिए पनि विद्यार्थीहरूले परिक्षामा ल्याएको नतिजा अत्यन्तै उत्कृष्ट रहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा विद्यालयले विभिन्न समयमा आयोजना गरेको विभिन्न प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान एवं कक्षा १२ उत्तीर्ण गरि स्नातक तह अध्यायनका लागि विद्यालय तहबाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान एवं विदाई गरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार