काठमाडौँ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले अक्सनमा कर्णाली प्रदेशकै खेलाडीलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन केही समयपछि काठमाडौंमा हुँदैछ । अक्सनबाट सहभागी ६ क्लबले समान १० खेलाडी छनोट गर्नेछन् ।
‘हामी लिगमा कर्णालीको प्रतिनिधित्व गर्दैछौं । त्यसैले पनि कर्णालीकै खेलाडीलाई प्राथमिकतामा राखेका हौं,’ याक्सका निर्देशक घिमिरे भने, ‘अक्सन हो । जुनसुकै प्रदेशका खेलाडी पनि टोलीमा छानिन सक्छन् । हाम्रो लक्ष्य कर्णालीकै खेलाडी बढी भन्दा बढी समावेश गर्ने हो ।’
कर्णालीले मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । मार्की खेलाडीमा राष्ट्रिय अलराउन्डर सोमपाल कामी छन् ।