काठमाडौँ । आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै यस वर्ष करिब १६ लाख पर्यटक आउने अपेक्षा गरिएकाे बताउनुभयाे ।
सरकारले पर्यटकीय गन्तव्य विस्तार गर्ने, छिमेकी देशका प्रमुख सहरमा प्रवर्द्धन बढाउने, हिमाल पर्वतारोहणका लागि सहजीकरण गर्ने लक्ष्य राखिएको छ।