पत्रकार डिल्ली प्रसाद आचार्यको 'स्मृति ग्रन्थ' प्रकाशित

दक्ष खबर 16544+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

काठमाडौँ । पत्रकार डिल्लीप्रसाद आचार्यको 'स्मृति ग्रन्थ' प्रकाशित भएको छ । बागलुङको रामरेखामा जन्मेहुर्केका पत्रकार आचार्यको गत भदौं १ गते काठमाडौंमा ८४ वर्षको उमेरमा निधन भएको थियो । 

आज मंगलबार प्रकाशित ग्रन्थमा ५२ जनाका स्मृति समावेश छन् जसमा आचार्यका समकालीन, सहकर्मी, पत्रकार, इष्टमित्र र परिवारका सदस्यहरूले आफ्ना सम्झना, भावना र श्रद्धाञ्जली अभिव्यक्त गरेका छन् ।

प्रशासक तथा समाजसेवीका रुपमा पनि सक्रिय पत्रकार आचार्यले पश्चिमाञ्चलमा खोज पत्रकारिता अभ्यासमा विशेष योगदान दिएका थिए । आधा शताब्दी अघि कालापानी लिपुलेकबारे स्थलगत रिपोर्टिङ गरेका थिए । बुद्धको मावली र ससुराली देवदहको ऐतिहासिक सोधखोज र प्रचारप्रसारमा पनि उनको विशेष योगदान थियो । 

आजीवन सादा जीवन, उच्च विचार दर्शनबाट प्रेरित उनको यसअघि आत्मसंस्मरणहरूको सँगालो पुस्तक झझल्काहरु प्रकाशित छ । दुवै पुस्तक बुलबुल प्रकाशनले प्रकाशित गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार