आवश्यक कानुन यथाशीघ्र अघि बनाउनुपर्ने कांग्रेसको माग

दक्ष खबर 16544+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय समितिल बैठकले अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्न अघिल्लो आयोगले गर्दै आएको कार्यलाई निरन्तरता दिनेगरी कानुनीलगायत आवश्यक अन्य प्रभावकारी कार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै, जनभावनाअनुसार सङ्घीयतालाई सुदृढ र प्रभावकारी बनाउँदै जनताका अधिकारसँग सम्बन्धित प्रक्रियामा रहेका विधेयक तथा मौलिक हकसँग सम्बन्धित बन्नुपर्ने आवश्यक कानुनहरु अविलम्ब अघि बढाउनुपर्ने कांग्रेसको निर्णय छ ।
कांग्रेसले सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई न्याय दिलाउन कुनै विलम्ब नगरी प्रक्रियामा रहेका सबै मुद्दा चाँडै टुङ्गो लगाउन र दोषी देखिएकलाई यथाशीघ्र कानुनी दायरामा ल्याई समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेको छ । सुविधा सम्पन्न रङ्गशाला निर्माण, विस्तार तथा उचित सेवासुविधा दिई खेलाडीहरूलाई आकर्षित र प्रोत्साहित गरी खेलकुद क्षेत्रको विकासमा सरकारले अविलम्ब उपयुक्त कदम चालोस् भन्ने बैठकको माग छ ।
यस वर्ष प्रकाशित एसइई र कक्षा १२ को परीक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएको परिस्थितिलाई गम्भीर चिन्ताका रूपमा लिँदै कांग्रेसले विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी, यस वर्ष अति भारी वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्बाट पीडित र प्रभावित नागरिकको जीवन सहज बनाउनका लागि उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्थासहित उपयुक्त कदम चाल्नका लागि कांग्रेसले सरकारसँग माग गरेको छ । हरेक वर्ष नेपाली किसानले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न बैठकको माग छ । नेपालको इतिहासमा पारा ओलम्पिक खेलमा पहिलोपटक पदक विजेता पलेसा गोवद्र्धनले राष्ट्रको गौरव र शान बढाउनु भएकाले बैठक उहाँलाई विशेष बधाईज्ञापन गर्दै उच्च सम्मान गर्ने निर्णय गरेको छ ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’ र बद्रीप्रसाद पाण्डेले धारणा राख्नुभएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार