उद्यमशील साना व्यवसायहरूकाे क्लबहाउस क्याफेमा प्रदर्शनी

दक्ष खबर 15668+ समाचार ( )
२८ मंसिर २०८०, शनिबार

काठमाडौँ । उद्यमशील साना व्यवसायहरूले स्वतन्त्र रूपमा सिफलस्थित क्लबहाउस क्याफेमा प्रदर्शनी आयोजना गरेका छन् । आज आयोजित प्रदर्शनीमा २२ वटा साना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

विगतकाे हप्तादेखि शुरूवात भएको प्रदर्शनीको शनीबार दोस्रो हप्ता पुगेको व्यवस्थापक मनिता श्रेष्ठले बताउनुभयो । उहाँले, 'घरमा बसेर पनि काम गर्न सकिन्छ भन्ने हिसावले गृहिणीहरूलाई अगाडि बढाउनु पर्छ भन्ने हिसावले प्रदर्शनी आयोजना गरिएको उहाँले बताउनुभयो ।'


उहाँले प्रदर्शनीमा गृहिणीदेखि दृष्टिविहिनहरूले आफुले निर्माण गरिरहेका सामानहरूको प्रदर्शन गरेको बताउनुभयो । त्यस्तै, उहाँले प्रदर्शनीमा बाक्लो रूपमा मानिसहरू आउने गरेको बताउनुभयो ।

प्रदर्शनीका लागि क्लबहाउस क्याफेले नि: शुल्क रुपमा स्थान उपलब्ध गराएको हो । प्रदर्शनी अझै ४ हप्तासम्म हरेक हप्ता शनिबार सञ्चालन हुने श्रेष्ठले बताउनुभयो ।

साना उद्यम गरिरहेका व्यबसायहरुलाई प्रथामिकतामा राखेर कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताईन् । प्रदर्शनीमा काठमा सामग्री, अर्गानिक कृषि उत्पादन, गरगहना, सजावटका सामग्रीलगायतका विभिन्न साना उद्यमहरुमा समावेश सामाग्रीहरू रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार