आ. व. २०८२/०८३ को आर्थिक ऐनका लागि कर, दस्तुर तथा शुल्क सम्बन्धी प्रदेश सरकारलाई दिइने सुझावमाथि छलफल 

दक्ष खबर 16538+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारले तर्जुमा गर्ने आर्थिक ऐनमा समेट्नु पर्ने कर सम्बन्धी विषयमा काठमाडौँ महानगरपालिकाले दिने सुझावका बारेमा आज महानगरपालिकाको राजस्व परामर्श समितिमा छलफल भएको छ । 

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट माग भएको कर सम्बन्धी सुझाव र महानगरपालिकाको राजस्व समितिबाट पेश भएको सुझाव सम्बन्धी प्रस्तावका विषयमा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले छलफल गरेको हो । राजस्व समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा गएको महिना (चैत) २६ गते वैठक बसेर प्रदेश पठाउने सुझावमाथि छलफल गरेको थियो । 

मन्त्रालयले घरजग्गा रजिष्ट्रेसन शुल्‌क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्‌क, कृषि आय कर, प्राकृतिक स्रोत तथा दशत्तर बहत्तर शुल्क एवं रोयल्टी, सेवा शुल्क, दस्तुर र दण्ड जरिवानालगायत क्षेत्रमा निर्धारण गरिने करका आधार, करका दर, कर छुट सुविधा सम्बन्धी नीतिगत, संरचनागत र प्रक्रियागत सुधारका विषयमा सुझाव मागेको छ ।

यसरी मागिएका सुझावमध्ये समितिले प्रदेश र स्थानीय सरकारका साझा अधिकारमा रहेका कर शीर्षकहरु मनोरञ्जन कर, विज्ञापन कर, जरिवाना छुटलगायत विषयमा छलफल भएको हो । समितिका सदस्य सचिव एवं राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार बैठकको निर्णय प्रमाणीकरण भएपछि प्रदेशमा पठाइनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार