काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ प्याब्सकले गुरु पूर्णिमका अवसरमा शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेको छ । साेमबार आयोजीत एक कार्यक्रमका बिच प्याब्सकले विभिन्न ३२ वटा विद्यालयका शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौंका अध्यक्ष राजन श्रेष्ठले सभापतित्व गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विशिष्ट अतिथिका रूपमा चिन्तामणि योगी तथा अतिथिका रूपमा नेसनल ब्यापसनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी, केन्द्रीय सचिव सुवास न्यौपाने, व्यापसकका प्रमुख सल्लाहकार ग्रेन्द्र लामा, नेसनल ब्यापसनका अध्यक्ष खड्ग बहादुर बस्नेत लगायत रहनुभएको थियो ।
कार्यक्रममा प्याब्सकमा आवद्ध विभिन्न ३१ विद्यालयका शिक्षिकाहरूलाई सम्मान गरिएको थियो । प्रमुख अतिथिबाट उहाँहरूलाई प्रमाणपत्र र खादाले सम्मान गरिएकाे थियो ।
कार्यक्रममा प्याब्सकमा आवद्ध विभिन्न ६० वटा विद्यालय मध्ये ४० वटा विद्यालयहरूको सहभागीता रहेको थियो । कार्यक्रकको टाइटल स्पोन्सरका रूपमा आदिम कलेज रहेकाे थियाे भने, मनास्लु वर्ल्ड कलेज, विनायक सिद्ध कलेज (भि एस), जोसेफ कलेज तथा पुष्पलाल मेमोरियल कलेजसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विद्यालयबाट सिफारिस भएका शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि झलनाथ खनालले, "गुरूहरू प्रति पछिल्लो समय आदारभावमा कमी आएको बताउनुभयो ।" उहाँले इतिहासदेखिको गुरु शिष्य परम्परालाई आत्मसात गर्दै अगाडि बढेको हाम्रो समाजले गुरूप्रतिको सम्मानमा कहिल्यै आँच पुर्याउन नहुने बताउनुभयो । ब्याप्सकले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि चिन्तामणि योगीले, "गुरु शिष्य बिचको अन्तरसम्बन्धलाई प्रष्ट पार्दै सदियौँदेखि चलिआएको एकापसको परम्परा लाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।"
उहाँले, गुरूहरूको पदस्थापन कसरी भयो । गुरूको आवश्यकता किन र कसरी पर्यो यतिहासदेखि आजसम्म के छ गुरूको स्थान, कसरी गुरूप्रति श्रद्धाभाव प्रकट गर्ने लगायतका कुराहरूमा जोड दिनुभयो । उहाँले अध्यारोबाट उज्यालो तर्फ मार्गनिर्देश गर्ने गुरु प्रतिको श्रद्धा भावमा कहिल्यै पनि आँच पुर्याउन नहुने समेत उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रममा सभापति एवं मनास्लु कलेजका प्रेन्सिपल राजन श्रेष्ठले, "गुरूपूर्णिमामा प्याब्सकले आयोजना गर्दै आईरहेको कार्यक्रमबाट शिक्षकहरूमा हौसला मिलेको आफुले विश्वास लिएको बताउनुभयो ।" उहाँले कार्यक्रममा उपस्थित सम्पूर्णलाई उपस्थितिका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा समेत साथ सहयोग र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले सम्मानित शिक्षकहरूलाई बदाई ज्ञापन गर्दै यसबाट मिलेको उर्जालाई थप प्रभावकारी रूपमा विद्यार्थीहरूमाझ बाढ्नको लागि समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा आदिम कलेजका क्याम्पस प्रमुख शंकर प्रसाद शर्मा, मनास्लु वल्ड कलेजका अध्यक्ष गेन्द्र लामा, विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिंखडा, जोसेप कलेजका क्याम्पस चिफ मनोज हुम्बहादुर अधिकारी, पुष्पलाल कलेजका क्याम्पस प्रमुख केदार राज पुणाशैनी लगायत विभिन्न विद्यालयका शिक्षक शिक्षिका सहित विभिन्न तह र तप्काका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकशिक्षिकाहरूले सांस्कृतिक नित्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सगठनका महासचिव सुदीप काफ्ले गर्नुभएकाे थियाे ।