संसद्को अवरोध हटाउने प्रयास सरकारले जारी राखेको छ : प्रधानमन्त्री

दक्ष खबर 16544+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध हटाउने प्रयास सरकारले जारी राखेको बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुने बताउनु भएकाे हाे ।

उहाँले, 'हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेको छु । आज बिहान मात्र कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको प्रयास गरेको छु । आज र भोलिमा बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति बन्ने कुरामा विश्वस्त छु ।’

प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति बनिसकेको र टिओआर बनाउने विषयमा सोमबार बिहान सम्म सहमति हुनसक्ने बताउनुभयाे  ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार