काठमाडौँ । मूलखर्क युवा क्लबले आयोजना गरेको मूलखर्क कप-२०८० खुल्ला फुटबल प्रतियोगिताको उपाधी सुन्दरीजल जुझारु युवा क्लबले जितेकाे छ ।
गोकर्णेश्वर नगरपालिका तथा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समितिको आर्थिक सहयोगमा ७ दिनसम्म सञ्चालित फुटबल प्रतियोगितामा प्रथम भएको सुन्दरीजल जुझारु युवा क्लबले नगद १ लाख सहित जितेको छ भने उपविजेता सुन्दरीजल युवा क्लबले नगद ५० हजार जितेको छ ।
शनिवार भएको खेलको समापन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथि दिपक रिसाल, बिशेष अतिथी वडा अध्यक्ष द्वारिका श्रेष्ठ, गोकर्णेश्वर युवा तथा खेलकुद विकास समिती संयोजक सन्जय लामा हुनुहुन्थ्यो ।
यसैगरी अतिथिहरुमा वडा सदस्य कृष्ण तामाङ, पूर्व वडा अध्यक्ष राम मान्नधर, स्थानीय समाजसेवी डम्बर बहादुर तामाङ्ग, नारायण श्रेष्ठ, शेरबहादुर लामा, गोकर्णेश्वर नगरपालिकाका फुटबल संयोजक विकास राई, लगायत रहनु भएको थियो ।