कांग्रेस बैठक : ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
११ माघ २०८०, शुक्रबार
कांग्रेस तेह्रथुमकी महासमिति सदस्य बसन्ती गुरुङले एउटै व्यक्तिलाई पटक–पटक अवसर दिँदा नयाँ व्यक्तिको पालो नआउने उल्लेख गर्दै नयाँ व्यक्तिलाई पार्टीभित्र काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताउनुभयो । “एउटै व्यक्तिले पहुँचको आधारमा केन्द्र र प्रदेशमा दाबी गर्दा अन्यलाई समस्या भएको छ, यसमा पार्टीले पुनःविचार गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कांग्रेस महोत्तरीकी महासमिति सदस्य नीनु कर्णले तराई क्षेत्रबाट महासमिति बैठकमा महिलाको सहभागिता कम हुनु दुःखद कुरा भएको बताउनुभयो । “पुरुषप्रधान सोचका कारण महिलालाई राजनीतिमा आउन समस्या भएको छ, यसमा पार्टीले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
कांग्रेस तेह्रथुमकी महासमिति सदस्य सीता गुरुङले संविधानमा नै महिलाको अधिकार ३३ प्रतिशत भए पनि यसको पूर्ण कार्यान्वयन हुन नसक्दा समस्या भएको बताउनुभयो । “तीनै तहमा महिला सहभागिता सुनिश्चित गरे पनि उक्त सहभागिता यथेष्ट देखिएको छैन,” उहाँले भन्नुभयो ।
ललितपुर । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी महिला प्रतिनिधिले पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । सम्मेलन केन्द्रमा भएको समूहगत छलफलमा सहभागी महिला प्रतिनिधिले पार्टीभित्र महिला सहभागिता सुनिश्चित गर्न माग गरेका हुन् ।
बैठकमा धारणा राख्दै स्याङ्जाकी महासमिति सदस्य कल्पना तिवारीले मुलुकमा ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या रहेको महिलालाई पार्टीले ३३ प्रतिशत अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
“गठबन्धनका कारण स्थानीय तहमा महिला सहभागितामा कमी आएको छ, कांग्रेसको बैठकले यसलाई विशेष प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो । शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने नीति कांग्रेसले लिनुपर्ने महासमिति सदस्य तिवारीको भनाइ थियो । नेपालको आर्थिक वृद्धिका लागि प्राकृतिक स्रोत साधन, वनको बहुउपयोग गर्ने नीति लिएर कलकारखाना खोल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौँका महासमिति सदस्य शुभद्रा खड्काले सामुदायिक शिक्षा क्षेत्रको विकासका लागि सरकारी कर्मचारी र सांसदका छोराछोरीले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउनुपर्ने बताउनुभयो । “सांसद भएका व्यक्ति पनि वडाबाट नै क्षेत्रीय प्रतिनिधि भएर आउने व्यवस्था गरिनुुपर्छ,” उहाँले भन्नुभयो ।
यही फागुन ७ गतेदेखि जारी महासमिति बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । बैठकको आज चौथो दिनसम्म आएका सुझावलाई कांग्रेसका प्रदेश सभापतिले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।