काठमाडौँ । दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ अन्तरगत आज प्रिक्वाटर फाइनल चरणका चारवटा खेलहरू सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. २३ को आयोजनामा जारी दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को छैटौँ दिन आज विभिन्न वडाहरूबिचका खेलहरू सम्पन्न भएकाे हो ।
प्रिक्वाटर फाइनल चरणको पहिलो खेलमा वडा नं. २१ र वडा नं. २२ को खेलमा ४-३ को गोल अन्तरले वडा नं. २१ विजयी भएको छ । त्यस्तै, आजको खेलमा अरूण पोडे म्यान अफ द म्याच घोषित भएका छन् । खेलमा समान १/१ गोल भएपछि पेनाल्टी सुट आउटमा खेल प्रवेश गरेको थियो ।
त्यस्तै, आजै भएको दोस्रो वडा नं. ८ र वडा नं. ३१ बिचको खेलमा वडा नं.८ १-० गोल अन्तरले विजयी भएको छ । सोही खेलमा वडा ८ का कप्तान मनिष सेढाई म्यान अफ द म्याच घोषित भएका हुन् । वडा नं. ८ को एकगोल आत्मघाती गोल भएको थियो । जुन गोल वडा नं. ३१ का जर्सी नम्बर ३ का खेलाडीले प्रहार गरेका थिए ।
त्यस्तै, आजै भएको तेस्रो खेलमा वडा नं. २६ र वडा नं ३२ बिचको खेेलमा वडा नं.२६ ५-४ गोल अन्तरले विजयी भएको छ । खेलमा म्यान अफ द म्याच साजन शाही घोषित हुनुभएको थियय घोषित भएको छ ।
त्यस्तै, आजै भएको चौथो खेलमा वडा नं. १२ र वडा नं. ०५ सँग भएको खेलमा २-० गोल अन्तरले वडा नं. १२ विजयी भएको छ । खेलमा म्यान अफ द म्याच राज शाही घोषित भएको थियो ।
खेलका विजेताहरू क्वाटरफाइनल चरणमा प्रवेश गर्नेछन् । खेलका विजेता टीमले २ लाख रुपैयाँ, उपविजेता टीमले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १/१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कृत गरिनेछ ।
खुला उमेर समूहका पुरुष खेलाडी बिच खेल हुनेछ । नकआउटका आधारमा हुने खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म भईरहेको हुनेछ । खेल असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ ।