काठमाडौँ । 'एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३' का अन्तिम २२ जना प्रतिस्पर्धीहरूलाई बम्बै सफायर नेपालले 'बञ्च लञ्च' गराएको छ ।
नक्सालमा आयोजित एक समारोहका बिच 'एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३' का २२ जना प्रतिस्पर्धीहरूलाई 'बञ्च लञ्च' गराएको हो ।
समारोहमा 'एसियन पेन्ट मिस युनिभर्स नेपाल-२०२३' का २२ जना प्रतिस्पर्धीहरू सहित मिस युनिभर्सका पदाधिकारी तथा बम्बै सफायर नेपालका पदाधिकारीहरूको 'बञ्च लञ्च' मा सहभागीता रहेको थियो ।
बम्बै सफायर नेपाल 'एसियन पेन्ट मिस युनिभर्स नेपाल-२०२३' को सेलिब्रेसन पाटनरका रूपमा रहेको छ ।