जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो 

दक्ष खबर 16544+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौँ ।  जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु भएको छ । 

काठमाडौँको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १३ जना प्रदर्शनकारीको निधन भएको हो । 

आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।

प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो । उता, ट्रमा सेन्टरमा उपचाररत थप पाँच आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । 

त्यस्तै केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक र एभरेष्ट अस्पतालमा तीन जना जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार