लोकप्रिय बन्दै युवावर्गहरुमा 'अन म्याच' शो

दक्ष खबर 16544+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

काठमाडौँ। पछिल्लो समय युट्युवमा 'अन म्याच' शो दर्शक स्रोताहरू माझ लोकप्रिय बन्दै गइरहेको छ । युट्युव  प्ल्याट्फर्मको रूपमा स्थापित एव सार्वजनिक गरिएको कतिपय शोहरू हिट छन् भने कति शोहरू फ्लप भइरहेका छन ।

युवा वर्गलाई लक्षित गर्दै पछिल्लो समय अन म्याच शोले दर्शक स्रोताहरूको राम्रो साथ पाइरहेको छ । रमाइलो शो को रूपमा निकालिएको शोले युवावर्गहरु बिच लोकप्रियता कमाउँदै  आइरहेको छ । 

केही दिन अघि मात्र युट्युवमा सार्वजनिक गरिएको उक्त शो अहिले दर्शक माझ लोकप्रिय बनेको छ । अश्लील शब्द प्रयोग बिना नै दर्शकलाई मनोरञ्जन दिने उद्देश्यका साथ उक्त शो निर्माण गरेको बताइएको छ । 

साथै, यस अघिका थुप्रै शोहरुलाई चुनौती दिँदै राम्रा शब्द प्रयोग गरेर पनि शो बनाउन सकिने भएकोले यस शोको निर्माण गरेको अन म्याच टिमले बताएको छ । हरेक हप्ताको शुक्रवार ७ बजे आफ्नै युट्युब च्यानल अन म्याच मार्फत शो प्रशारण हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार