ब्राजिलमा जहाज दुर्घटना : चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

दक्ष खबर 16544+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौँ। ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ । 

भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे । डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।  विमान भिन्हेदो शहरमा नै दुर्घटनाग्रस्त भएको हो । 

साओ पाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी आउने क्रममा रहेको जनाएको छ । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् ।  विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बीबीसी समाचारमा उल्लेख छ । 

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ ।  घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार