सेभेन-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल प्रतियोगिताको उद्घाटन (तस्विरसहित)

दक्ष खबर 15669+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिका सेभेन-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । गोकर्णेश्वर नगरपालिका वडा ८ मा रहेकाे नेपालय इङ्लिस पब्लिक स्कूलको खेल मैदानस्थित उद्घाटन भएको हाे ।

युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको अर्थ समितिका सभापति सन्तोष चालिसेले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएकाे हाे ।

नेपालय इङ्लिस पब्लिक स्कूलको खेल मैदानमा भएको उद्घाटन खेलमा बौद्ध अजिमाले विजयी शुरुवात गरेको छ।

उक्त खेलमा बौद्ध अजीमाले ए एम भी लाई ६ गोलले पराजित गरेको थियो भने स्टुडेन्ट एफ सी र स्विफ्ट किक्सकाे खेलमा स्टुडेन्ट एफ सी ले स्विफ्ट किक्सलाई ७ गोलले पराजित गरेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार