कंचनपुरका पत्रकार खेम भण्डारीलाई नियन्त्रणमा लिनुपर्छ : एसएसपी दिल्लीराज विष्ट

दक्ष खबर 16544+ समाचार ( )
१२ आषाढ २०८०, मङ्गलबार
 काठमाडौँ । नेपाल प्रहरीका एसएसपी दिल्लीराज विष्टले कंचनपुरका पत्रकार खेम भण्डारीलाई नियन्त्रणमा लिनुपर्ने बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै, " खेम भण्डारीलाई यो राज्यको कानून लाग्छ कि लाग्दैन? लाग्छ भने नियन्त्रणमा लिएर अनुसन्धान होस्। लाग्दैन भने नागरिकहरुले आफ्नो कानून आफै बनाउनु पर्ने हुन्छ । राज्यको ध्यान जाओस् ! " यस्तो बताउनुभएको हो । 

कंचनपुरमा भएको निर्मला बलात्कारपछि हत्या प्रकरणको विषयलाई लिएर विष्टले यस्तो लेख्नु भएको बुझिएको छ ।  

निर्मला प्रकरणको अनुसन्धानका दौरान विवादित बनेर कारबाहीमा परेपछि अदालतबाट सफाइ पाएका एसपी दिल्लीराज विष्ट पछि बढुवा भएर एसएसपी बन्नुभएकाे थियो ।

भण्डारीले निर्मला प्रकरणमा विवादित पत्रकारले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई निर्मला केसमा जोड्दै समाचार प्रकाशन गरेका थिए । त्यसपछि विष्टले प्रतिक्रिया  बुझिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार