रामेछाप पहिरो : एकै परिवारका आमा छोरासहित ६ जनाको मृत्यु, एक जना घाइते
९ भाद्र २०८१, आइतबार
रामेछाप । शनिबार राती परेको अविरल बर्षाका कारण रामेछाप जिल्लामा आमा छोरासहित ६ जनाको मृत्यु भएकाे छ । त्यस्तै, एक जना घाइत भएका छन् ।
रामेछापकाे दोरम्बा शैलुङ्ग गाँउपालिका–३ स्थित लेखर्कमा पहिरोमा परी वेपत्ता हुनेहरुको खोजी कार्यमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाहरु लागिरहेका छन ।
यस ठाँउमा पहिरोले ३ घर बगाउनुका साथै एक घर पुरेको थियो । पहिरोमा परी एकै परिवारका आमा छोरासहित ६ जनाको मृत्यु भएको थियो । एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । चार जना अझै बेपत्ता रहेका छन् ।