रास्वपाको केन्द्रीय सचिवालय बैठक अधिवेशनबारे छलफल गर्दै टुङगियो 

दक्ष खबर 16544+ समाचार ( )
२ फाल्गुन २०८१, आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ । 

आज बसेको बैठकमा गएका बैठकका निर्णयहरूको कार्यान्वयनको बारेमा जानकारी लिने र दिने काम भएको थियो । यस्तै वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएको रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बताए । 

राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलाप के के हुँदैछ भन्ने कुराको जानकारी लिनु र दिनुका साथ केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको पनि झाले बताए । 

उनले संसदीय गतिविधि, अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराज भक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारजीबाट जानकारी गराउने काम भएको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार