विपक्षी दलहरुको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित
१५ जेठ २०८२, बुधवार
काठमाडौँ । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराए ।