कामपा ८ मा अमूर्त साँस्कृतिक सम्पदा संरक्षणमा तिज पर्वको महत्त्व माथि छलफल

दक्ष खबर 16544+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले अमूर्त साँस्कृतिक सम्पदा संरक्षणमा हरितालिका (तिज पर्व) को महत्त्व एवं भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

आईतबार आयोजित एक समारोहका बिच त्रिभुवन विश्वविद्यालय नेपाली, संस्कृति, इतिहास र पुरातत्त्व केन्द्रीय विभागका प्राध्यापक डाक्टर निर्मला पोख्रेल, महिला स्वास्थ्य लगायत वातावरण मानव स्वास्थ्यमा पार्ने असर बारे विजयाराज वैद्य एवं वातावरणविद् भुषण तुलाधरले अभिमुखिकरणमा प्रस्तुति दिनुभएको हो । 

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले, "पाशुपत क्षेत्रका मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण गर्ने जिम्मा हामी सबैैको रहेको बताउनुभयो । "

उहाँले, 'हाडीगाँउको उदाहरण दिदैँ स्थानीयलाई सवल बनाउन परम्परागत रितिरिवाज एवं शैलीलाई यस वडाले पनि अवलम्बन गर्ने बताउनुभयो ।', वडाअध्यक्ष संगतले, कामपा ८ का विभिन्न घरहरूको मोहडा परिवर्तन गरि सांस्कृतिक सहरका रूपमा विकास गर्ने लक्ष्यका साथ आफुहरू अगाडि बढेको र निकट भविष्यमा नै यी कामहरू सफल हुने बताउनुभयो । 

उहाँले, तिज कसरी भड्किलो भयो भनेर अरूलाई प्रश्न गर्नुभन्दा पनि आफैँँलाई सोध्न आवश्यक रहेको बताउँदै हरितालिका तीज पर्वको ऐतिहासिकता संरक्षणमा सबैको उत्तिकै महत्त्वपूर्ण भुमिका रहन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै, त्रिभुवन विश्वविद्यालय नेपाली, संस्कृति, इतिहास र पुरातत्त्व केन्द्रीय विभागका प्राध्यापक डाक्टर निर्मला पोख्रेलले, 'तिजको ऐतिहासिक एवं पुरातन विचार धारा एवं यसका विषयमा प्रस्तुत पार्दै विभिन्न आयामहरू बोकेको तीज पर्व हाल आयातित संस्कृतहरूको समिश्रण सँग अगाडि बढ्नु राम्रो नभएको बताउनुभयो ।', "दर खाने नाउँमा विगत १५ दिनदेखि भेला भएर मनलाई खाएर अपाच्य बस्तुहरूको सेवनले तीज भड्किलो सँगसँगै सुहाउँदो नहुने उहाँले बताउनुभयो ।"

त्यस्तै, कार्यक्रममा प्रस्तुति दिदैँ बिजयाराज बैद्यले, "तीज पर्वको सान्दर्भिकता एवं महत्त्व तर्फ आफुहरू अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।" उहाँले, हाम्रो प्रकृति, संस्कृति सुहाउँदो पर्वहरूको ऐतिहासिकतालाई जोगाइराख्न आवश्यक रहेको बताउनुभयो । 

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि श्याम कृष्ण संगतले तिज पहिलाको तुलनाका हाल धेरै नै भड्किलो भएको र यसलाई सम्हाल्न हम्मेहम्मे पर्ने अवस्था सिर्जना हुन लागेको बताउनुभयो । उहाँले, जब मानिसहरूको क्रयशक्ति बढ्दै गयो तबबाट चाडपर्वहरू भड्किलो हुदैँ गएको बताउनुभयो । 

कार्यक्रममा अतिथिका रूपमा काठमाडौँ महानगरपालिका संस्कृति तथा पर्यटन विभाग महाशाखा प्रमुख सृजु प्रधान, कामपा ७ का वडाअध्यक्ष विमल कुमार होडा, लगायत कामपा ८ का वडासदस्यहरू सरस्वतीराज भण्डारी, सलोनी ओडारी, राजलक्ष्मी भुसाल, कामपा ८ का सचिव सत्यदेव पण्डित सहित स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार