काठमाडौँ महानगरपालिकाको भवन निर्माण तिहार पछाडि नै शुरूवात गर्छौँ : बालने शाह

दक्ष खबर 15672+ समाचार ( )
१ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालने शाहले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण कार्य तिहार पछाडि शुरूवात हुने बताउनुभएको छ ।

आज बसेको कार्यपालिकाको ४३औँ बैठकमा बोल्ने क्रममा प्रमुख शाहले तिहार पछाडि नै आफ्नै भवन निर्माण कार्य शुरूवात गर्ने बताउनुभयो ।

प्रमुख शाहले  कामपा वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारलाई जवाल दिने क्रममा यस्तो बताउनुभएको हो । 

उहाँले,"तिहार लगत्तै काठमाडौँ महानगरपालिकाको भवन निर्माण कार्य शुरूवात हुने बताउनुभयो ।"

४३औँ कार्यपालिका बैठकले विभिन्न निर्णयहरू गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार