कामपा ८ को नसिंह पाटीको पुन:निर्माणका लागि शिलान्यास

दक्ष खबर 15665+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा रहेको नसिंह पाटीको पुुन:निर्माणका लागि शिलान्यास गरिएको छ । 

आज आयोजित एक समारोहकाबीच काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडा अध्यक्ष आशामान संगत लगायत वडा सदस्यहरू सरस्वती राज भण्डारी, सलोनी ओडारी, राजलक्ष्मी भुसाल, शेखर देउला लगायत स्थानीय ब्यक्तिहरूले पाटीको शिलान्यास गर्नुभएको हो । 

पाटी पुनःनिर्माणको शिलान्यास पछि आफ्नो मन्तव्य राख्दै वडाअध्यक्ष आशामान संगतले, 'काठमाडौँ महानगरपालिका भित्रका विभिन्न पाटी पौवा तथा इनारहरूको खोजी सहित पुन:निर्माणको काम अगाडि बढाइरहदाँ आज नसिंह पाटीको शिलान्यास गरिएको बताउनुभयो ।'

उहाँले, विशेषगरी हाल काठमाडौँ महानगरपालिका वडा ८ भित्रका पाटी पौवाहरू तिव्र रूपमा पुनः निर्माण भईरहेको  बताउनुभयो । त्यस्तै, अहिले वडा ८ भित्रको ग्वल: दे फल्चा पुुन:निर्माण भईरहेको र रावण पाटी पनि पुनः निर्माणका लागि भग्नावशेष भत्काइरहेको र त्यसको पनि चाडैं नै पुनः निर्माण का लागि शिलान्यास गरिने उहाँले बताउनुभयो । 

उक्त आयोजना काठमाडौँ महानगरपालिका वडा ८ नवाली टोलमा हुन लागेको हो भने, ताम्रेश्वर मन्दिर प्रांगण उपभोक्ता समितिले पुनः निर्माण शुरूवात गरेको हो । 

आयोजना सम्पन्न गर्नुपर्ने मिति २०८१ साल असार मसान्तसम्म रहेको छ भने, उक्त आयोजनाको कुल अनुमानित रकम ३४ लाख भ्याट बाहेकको रहेको छ ।कामपा ८ मा हाल बाटोमा ढुंगा विछ्याउने काम तिव्र रूपमा भईरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार