नुवाकोटको चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञको संस्कृतिमन्त्रीद्वारा समुद्घाटन 

दक्ष खबर 16544+ समाचार ( )
७ माघ २०८१, बुधवार

काठमाडौँ । नुवाकोटको ऐतिहासिक एवं पुरातात्त्विक स्थान चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ - २०८१ समुद्घाटन भएको छ । आज नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेको प्रमुख आतिथ्यतमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ - २०८१ को समुद्घाटन गरिएको हो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा - ८ का वडाअध्यक्ष आशामान संगत, बेल्कोटगढि नगरपालिकाका मेयर जगत बहादुर गुरूङ, उप-प्रमुख शिव प्रसाद दाहाल सहित १३ वटा वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै चिम्टेश्वर विकास समिति, महायज्ञ आयोजक मुल समारोह समितिका अध्यक्ष एवं वडा - २ का अध्यक्ष रामचन्द्र तिमल्सिनाले, " चिम्टेश्वर विकास समिति तथा महायज्ञ आयोजक मूल समारोह समितिको आयोजनामा पण्डित नारायण न्यौपानेले फागुन ७ गते (आज) पूर्वाङ्ग तथा समुद्घाटन सहित फागुन १४ गते महाशिवरात्रीको दिनसम्म यज्ञ सञ्चालन गरिने बताउनुभयो ।" 

उहाँले, चिम्टेश्वर क्षेत्रको ऐतिहासिकता, पर्यटकीय पक्ष सँगसँगै यहाँको धार्मिक महत्त्वलाई जागरूक गराउने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 


उहाँले, ' पूर्वाङ्ग तथा शोभा यात्रा ७ गते, पाठपारायण तथा प्रवचन ८ गतेदेखि १४ गतेसम्म हुने र १४ गते महाशिवरात्री भएकाले  रूद्राभिषेक हुने र १५ गते साँझ दिप प्रज्वलन, रातभर जाग्राम तथा भजन किर्तन हुने बताउनुभयो । 

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले,"चिम्टेश्वर क्षेत्रको ऐतिहासिकतालाई विश्वमाझ पु-याउन सरकारले अधिकतम प्रयास गर्ने बताउनुभयो ।" उहाँले," यस क्षेत्रको ऐतिहासिकता, सार्वभौमिकता र यस क्षेत्रको वृद्धि विकासकालागि सरकारले यथोचित प्रयास गर्ने बताउनुभयो ।"

उहाँले, यहाँको पवित्रता सँगसँगै धार्मिक दृष्टिकोणलाई अगाडि बढाएर, पर्यटन क्षेत्रलाई टेवा पु-याउने बताउनुभयो । मन्त्री पाण्डेले श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ - २०८१ को सफलताको कामना समेत गर्नुभयो । 


कार्यक्रममा वाचक नारायण पण्डितले सप्ताहको कता बाचन गर्नुहुनेछ । कार्यक्रममा विभिन्न ब्यक्तिहरूको सहयोगबाट सञ्चालन गर्न लागिएको र यसबाट उठेको भेटी मन्दिर परिसरको वृद्धि विकासका लागि खर्च गरिने बताइएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार