काठमाडौँ । नेशनल प्याब्सन काठमाडौँ जिल्लाको आयोजना तथा बूढानीलकण्ठ नगर समितिको संयोजन एवम् व्यवस्थापनमा जिल्ला स्तरीय अन्तर विद्यालय वादविवाद प्रतियोगीता सप्पन्न भएको छ ।
वर्तमान समयमा अत्यन्तै चर्चित एवम् नेपालकै प्रमुख समस्याको रूपमा रहेको भ्रष्टाचार नियन्त्रण एवम् निरूपणमा विद्यालय तहदेखि नै सचेतना जगाएर जाने उद्देश्यले 'भ्रष्टाचार नियन्त्रणमा शिक्षा कि कानून' भन्ने विषयमा बूढानीलकण्ठ नगरपालिका १० स्थित जोसेफ हाई स्कुलमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौँ जिल्ला भित्रका नेशनल प्याब्सन अन्तर्गतका ४५ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
दुईवटा औपचारिक सत्रमा संचालन भइ सम्पन्न भएको उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिको रूपमा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले गर्नुभएको थियो भने समापन समारोहमा नेशनल प्याब्सनका केन्द्रिय सह-अध्यक्ष सुवास न्यौपानेले कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएको थियो ।
नेशनल प्याब्सन बूढानीलकण्ठका अध्यक्ष नारायणबाबु तिम्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रको संचालन नगर कार्यसमितिका सचिब लेखजङ्ग खत्रीले गर्नुभएको थियो । नेशनल प्याब्सन केन्द्रिय कार्यसमिति का सदस्य तथा पूर्व वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, केन्द्रिय उपाध्यक्ष डम्बर कार्की, केन्द्रिय सचिव बिष्णु पराजुली, बागमती प्रदेश उपाध्यक्ष देवनारायण महतो, काठमाडौ जिल्ला अध्यक्ष खडकबहादुर बस्नेत, उपाध्यक्ष होमबहादुर अधिकारी मनोज, सचिव अमृत खड्का, कोषाध्यक्ष प्रेम भुजेल, सहसचिव समीर वास्तोला, सचिवालय सदस्य तथा संचार बिभाग प्रमुख राजन श्रेष्ठ, जिल्ला सदस्य तथा परीक्षा विभाग प्रमुख नारायण सापकोटा, जिल्ला सदस्य द्वय नारायण पोख्रेल र माधब अधिकरी लगायतको उपस्तिथिति रहेको उक्त कार्यक्रममा कार्यक्रम संयोजक एवम् बूनपाका सहसचिव तेन्जिङ भोटियाले स्वागत मन्तब्य राख्नु भएको थियो ।
त्रिभुवन विश्व विद्यालय नेपाली विभागका उपप्राध्यापक द्वय डा. गणेशराज अधिकारी र शक्तिराज नेपाल निर्णायक मण्डलको रूपमा रहेको सो कार्यक्रममा रू ५००० नगद , ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्दै नवजीवन स्कुल, गंगोबु प्रथम हुन सफल भयो भने, दिव्य ज्ञान स्कुल, काठमाडौँ विद्यालय, मेघा पब्लिक स्कुल र ग्रीनफिल्ड स्कुल क्रमशः रू ३५००, २५००, १५००, १००० तथा ट्रफी , मेडल र प्रमाणपत्र प्राप्तगर्दै द्वितीय, तृतीय, चौथो र पाँचौ हुन सफल भए ।
यसैगरी उक्त कार्यक्रममा न्यु मिलेनियम स्कुल बूढानीलकण्ठ ११ लाई नेशनल प्याब्सनको नयाँ सदस्यको रूपमा प्रमाणपत्र सहित स्वागत समेत गरिएको थियो ।