पद्मकन्या क्याम्पसमा हल्ट प्राइजको अन क्याम्पस प्रतिस्पर्धा सम्पन्न, 'आर्थिका' समूह छनाेट

दक्ष खबर 15672+ समाचार ( )
१५ माघ २०८०, मङ्गलबार

काठमाडौँ । बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा यस वर्षको ‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा सम्पन्न भएको छ। शुक्रबार क्याम्पसमा आयोजित एक समारोहका बीच प्रतिस्पर्धा सम्पन्न भएको हो।

शुक्रबार उक्त प्रतिस्पर्धामा ८ वटा समूहको सहभागिता रहेको थियो । सहभागीमध्येबाट 'आर्थिका' समूह छनाेट भएको छ ।  जुन समुहमा अनुसोया वाग्ले, प्रतिका खतिवडा, आकृति निरौला र पुष्टिका भण्डारी रहनुभएको थियो । 

सो समुहले लोपोन्मुख मदानीको बारेमा जानकारी सहितको प्रस्तुति दिएका थिए । त्यस्तै, फष्ट रनरअपका रूपमा 'श्रिता' समुह चयन भएको छ भने, सेकेन्ड रनरअपका रूपमा 'एली' समुह चयन भएको छ । 

कार्यक्रममा निर्णायकको भूमिकामा विज्ञान गुप्ता, श्रवण ठाकुर, रितेश सुब्बा र सौरभराज भण्डारी रहनुभएको थियो । 

कार्यक्रमको सभापतित्व क्याम्पस निर्देशक श्रृष्टि थापाले गर्नुभएको थियो । त्यस्तै, प्रमुख अतिथिका रूपमा हल्ट प्राइजको देशीय संयोजक सुबि काफ्ले तथा पद्मकन्या क्याम्पसको सहायक निर्देशक ज्योति न्यौपाने रहनु भएको थियो ।

‘हल्ट प्राइज’को यस वर्षको नारा ‘असिमितता’ रहेको छ। हल्ट २०२३ क्याम्पस निर्देशक श्रृष्टि थापाका अनुसार प्रतियोगीतामा नाराको परिधिभित्र रहेर विभिन्न १७ वटा विषयवस्तुमा सिमित रहेर व्यावसायिक योजना प्रस्तुत गरिएको थियो ।

छनाेट भएको समूहले नेपालको प्रतिनिधित्व गर्दै भारतमा आयोजना हुने क्षेत्रीय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ भने तत्पश्चात् हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउनेछ । १० लाख अमेरिकी डलरको पुरस्कार राशि रहेको अन्तिम चरणको प्रतिस्पर्धामा पुग्न क्षेत्रीय हुँदै अन्तर्राष्ट्रिय  प्रतिस्पर्धामा छनाेट हुनुपर्नेछ।

हल्ट प्राइजलाई विद्यार्थीहरूको नोबेल पुरस्कारका रूपमा समेत लिइन्छ। कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा आयोजना गर्दै आएका छन्। प्रतियोगिताअन्तर्गत विद्यार्थीलाई सामाजिक विषयमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउन दिइन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार