कामपा - ८ मा रहेको बछलेश्वरी दबु तथा फल्चाको वडाअध्यक्ष संगतद्वारा समुद्घाटन (तस्विरसहित)

दक्ष खबर 15668+ समाचार ( )
१३ फाल्गुन २०८१, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा - ८ मा रहेको बछलेश्वरी दबु तथा फल्चाको समुद्घाटन गरिएको छ । बछलेश्वरी जात्राको अवसरमा आज काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा - ८ का वडाअध्यक्ष आशामान संगत लगायत वडा सदस्यहरूले समुद्घाटन गर्नुभएको हो । 

समुद्घाटन पछि बोल्दै वडाअध्यक्ष आशामान संगतले ,"पाशुपत क्षेत्रको ऐतिहासिक एवं पुरातात्त्विक जात्रा वि.सं १९३६ सालभन्दा अगाडिबाट शुरूवात भएको इतिहास भेटिए पनि जात्रा लिच्छविकालिन भएको बताउनुभयो ।" 

उहाँले, "बछलेश्वरी दबु तथा फल्चाको समुद्घाटन एवं  यसको नाममा कहीँ कतै पनि फल्चा दवु नरहेकाले वडा ८ मा रहेेको सार्वजनिक जग्गा ब्यक्तिले वर्षौदेखि निजी प्रयोजनमा ल्याएको र वडा - ८ को सक्रियतामा जग्गा खाली गरेर खट गुठि नवाली टोलले मूर्ति स्थापना सहित महानगरपालिकाले फल्चा निर्माण गरी समुद्घाटन एवं बली पुजा गरि समुद्घाटन गरिएको बताउनुभयो ।" 

"फल्चा तथा दवुको निर्माण ३७ दिनभित्र सम्पन्न गरिएको हो । यसको संरक्षण वडा ८ ले गर्ने र लिच्छविकालिन ऐतिहासिक जात्रा तथा सम्पदाको संरक्षणमा आफुहरूले महत्त्वपूर्ण काम गरिरहेकाे छौँ ।" 

हाल नवाली टोलमा रहेको मन्दिरको कुल लागत ३० लाख ८६ हजार १०९ रूपैया रहेको छ । दुई तल्ला रहेको फल्चाको क्षेत्रफल दुई आना जग्गामा निर्माण भएको हो । यस क्षेत्रमा आगामी १८ गतेसम्म बछलेश्वरी, बज्रेश्वरी एवं आशकाभैरव जात्रा हुनेछ । जात्राको तयारी समेत भब्य रूपमा गरिएको छ । 

त्यस्तै, आजै कामपा - ८ मा रहेको रावण लंका फल्चाको समेत समुद्घाटन गरिएको छ । १६औँ शताब्दीको फल्चा १९९० र २०७२ सालको भुकम्पबाट जीर्ण भएको थियो । जसको कामपा - ८ को सक्रियतामा फल्चा निर्माण गरी समुद्घाटन गरिएको हो । उक्त तीन तल्लाको फल्चा ४४ दिनमा निर्माण गरिएको हो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार