चेल्सी इन्टरनेसनल विद्यालयमा मैत्रीपूर्ण व्हीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

दक्ष खबर 15672+ समाचार ( )
९ माघ २०८१, शुक्रबार

काठमाडाैँ । चेल्सी इन्टरनेसनल विद्यालयमा मैत्रीपूर्ण व्हीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएकाे छ ।

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा ९ को सहयोगमा चेल्सी इन्टरनेसनल विद्यालयमा मैत्रीपूर्ण व्हीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएको हाे ।

अपाङ्गता भएका व्यक्तिहरुले पनि खेलकुद खेल्न सक्छन भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम आयाेजना गरिएकाे गोकर्णेश्वर नगरपालिका वडा ९ का वडाअध्यक्ष राजीव थापाले बताउनुभयाे ।


गोकर्णेश्वर नगरपालिका वडा ९ का वडाअध्यक्ष राजीव थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका अध्यक्ष देवी आचार्यको अध्यक्षता रहेकाे थियाे ।

चेल्सी इन्टरनेसनल विद्यालयका प्रिन्सिपल चम्बा डोल्मा, विद्यालयमाका निर्देशक, शिक्षकशिक्षिका, अतिरिक्त क्रियाकलाप प्रमुख तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मैत्रीपूर्ण महिला व्हीलचियर बास्केटबल प्रतियोगितामा ज्वालाखेल क्लब र डब्लुएसे क्लब बिच खेल भएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार