मधेश प्रदेश प्रमुखले देश, संविधान र प्रदेशको अस्मिता समाप्त पार्न खोज्नुभयाे : मनिष झा

दक्ष खबर 16544+ समाचार ( )
२५ कार्तिक २०८२, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीले ‘देश, संविधान र प्रदेशको अस्मिता समाप्त पार्ने’ कदम चालेको बताका छन् । 

सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले यस्तो कार्यको राजनीतिक स्वीकार्यता हुन नसक्ने भन्दै यसलाई ‘घृणित’ संज्ञा दिए । मधेस प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको सपथ ग्रहण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरे पनि सपथ ग्रहणको शैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र आलोचना भइरहेको छ ।

उनले भनेका छन्, ‘स्वास्थ्य समस्या छ, उपचारको लागि काठमाडौं जाँदैछु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली–महोत्तरीको सिमानाको एक होटेलमा एमालेको एक प्रदेश सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन् । यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन सक्दैन । विरोध छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार