काठमाडौँ महानगरपालिकाद्वारा करारमा काम गर्न २३० जना कर्मचारी माग

दक्ष खबर 16543+ समाचार ( )
१७ मंसिर २०८०, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा काम गर्न २३० जना कर्मचारी माग गरेकाे छ। शनिबार सूचना प्रकाशन गर्दै महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन कार्यका लागि २१ सुपरीवेक्षक र २०९ जना गणक मागेको छ ।

महानगरले इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ६ गतेसम्म दरखास्त दिइसक्न भनेको छ। दरखास्त महानगरको वेभ साइटबाट दिन सकिने र शुल्क नलाग्ने महानगरले जनाएको छ।

सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रूपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ। गणकलाई मासिक ३२ हजार ९०२ रूपैयाँ पारिश्रमिक र २ हजार रूपैयाँ इन्टरनेट खर्च तोकेको छ।

काठमाडौँ महानगरपालिकाका बासिन्दा, यसअघि जनगणना वा सर्वेक्षणमा काम गरेको र महानगरपलिकाबाट विगतमा पनि सोही कार्यक्रममा छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार