जुम्ला । जुम्लामा युवा लक्षित नेतृत्व विकास र स्थानीय तहका युवा सहभागीता सम्बन्धि ३ दिने युवा भेला सम्पन्न भएकाे छ । प्लान ईन्टरनेसनल नेपाल, पेस नेपाल, क्याड नेपाल जुम्लाको संयुक्त आयाेजनामा सबै स्थानीय निकायबाट युवाहरूको प्रतिनिधित्व हुनेगरी कार्यक्रम सम्पन्न भएकाे हाे ।
'युवाकाे नेतृत्व विकास र युवाहरुकाे सवाल स्थानीयतहकाे याेजना नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा युवाकाे सवाल र सहभागीतामा पहुँच पुर्याउनका लागि जिल्ला स्तरीय युवा भेला संञ्चालन गरिएकाे', प्रेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्याैपानेले बताए ।
उनले, 'युवाहरुकाे सहभागीता स्थानीय तहकाे नीति निर्माण प्रक्रियामा अर्थपुर्ण हुने र यसका लागि क्षमता विकास गरी युवाहरुका सवाल युवा लक्षित याेजनाहरु समावेस गर्नकालागि भेलाबाट सहयोग पुग्ने अपिक्षा गरिएकाे बताए ।'
त्यस्तै, संघिय सासंद बिनिता कठायतले, 'युवाहरुलाई विकासका प्रमुख आधार रुपमा लिनु पर्ने बताउदैँ बाल विवाह राेक्न आवश्यक रहेकाे बताइन् । उनले, 'गुणस्तरीय शिक्षा एउटा सक्षम युवाकाे लागि उभिन हिड्ने जिविकाका लागि चलाउने हात खुट्टा भइकाे बताएन् ।
त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आचार्यले, 'याे सीप युवाकाे आफ्नै बाच्ने अरुलाई बचाउने देशलाई उसले दिने समृद्धिका आधार भएकाे बताए । उनले, 'युवा र देशकाे लागि समृद्धि हासिल गर्न आर्थिक वृद्धिका लागि फड्को मार्न युवा विकासकाे आवश्यक रहेकाे र युवा परिचालन कसरी युवा संलग्नता कायम गर्ने भन्ने बिषय निकै महत्त्वपूर्ण भएकाे बताए ।