काठमाडौँ । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ : ३० मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु पातालचौर आसपास रहेको जनाइएको छ । भूकम्पले क्षति पुर्याए नपुर्याएको थप जानकारीमा आउन बाकी रहेको छ ।