राजावादीप्रति एमाले सांसद बाँस्कोटाको कटाक्ष : तासका बुङका राजा–रानी खोजेर जिन्दगी गुजार्नुस् !

दक्ष खबर 15654+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडाैँ । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरुलाई सुझाव दिनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजावादीलाई यस्तो सुझाव दिनुभएको हो ।

उहाँले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोशिस गर्न समेत सुझाव दिनुभयो । उहाँले कुनैपनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुङका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘केही साथीहरु व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलन गरिरहेका छन् । सरकारले संविधान नै संशोधन गर्ने भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ? यहाँबाट तपाईंको दुई तिहाई पुग्दैन होला । अर्को चुनावमा कोशिस गर्नुस् । बहुमत ल्याउनुस् । तासका बुङका राजा–रानी खोजेर अब जीन्दगी गुजार्नुस् । बाँकी त कहाँबाट आउनु । राजा राजा भनेको छ अब त निद्रा पनि नपर्लाजस्तो भइसक्यो । आउदैन हजुर त्यो । यो पनि समयको बर्बादी हो के । लोकतन्त्रको विकल्प छैन, समाज पछाडि फर्किंदैन ।’

उहाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गर्दै समग्र मुलुकको विकासमा टेवा पुग्नेगरी विकास गर्न जरुरी रहेको बताउनु भयो । न्युज एजेन्सी नेपाल


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार