नेपाली मूलका व्यवसायी राज भण्डारी अमेरिकास्थित प्रतिष्ठित अवार्डबाट सम्मानित
२० वैशाख २०८०, बुधवार
काठमाडौँ । नेपाली मूलका व्यवसायी राज भण्डारी अमेरिकास्थित प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुभएको छ । नेपाली मूलुक पोखराका राज भण्डारीको साइनसीक्स नामको व्यवसायलाई सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो ।
अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको जनाएको छ । नर्थ क्यारोलाइनमा मुख्यालय रहेको कम्पनीका सञ्चालक राज भण्डारी हुनुहुन्छ भने, अपरेशन म्यानेजरका रुपमा रञ्जन कार्की रहनु भएको छ । ग्लोबल मार्केटङिका निर्देशक लिसा बामफोर्डले निरीक्षणपछि सो सिफारिस गरिएको हो ।
साइनसीक्स र अन्य राष्ट्रिय साना व्यापार सप्ताह पुरस्कार विजेताहरूलाई अप्रिल ३० देखि मे २ सम्म वाशिंगटन डीसीमा सम्मानित गरिएको थियो । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले साइनसीक्स टोलीलाई भेटेर बधाई दिनु भएको थियो ।
विश्वभर ग्राहकहरूको बढ्दो सूचीको साथ साइनसीक्सले एसबीएका ट्रेड उपकरणहरूलाई तिनीहरूको राजस्व बढाउन र विविधिकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारका अन्य धेरै फाइदाहरू प्राप्त गर्न काम गरेको एसबीएककी प्रमुख इसाबेला कासिलास गुजम्यानले बताउनुभयो ।
५० राज्यबाट छानिएका सर्वोत्कृष्ट व्यवसायी अमेरिकामा साढे ३ करोड साना व्यवसायी छन् । अमेरिकाको ४५ प्रतिशत अर्थतन्त्र साना व्यवसायीले धानेको बताइन्छ ।