युद्धविरामको दोस्रो दिन ३२३ सहायता ट्रक गाजा प्रवेश

दक्ष खबर 15672+ समाचार ( )
८ पौष २०८१, मङ्गलबार

काठमाडाैँ । इजिप्टको राज्य सूचना सेवाले इजरायल–हमास युद्धविरामको दोस्रो दिन सोमवार युद्धग्रस्त गाजा पट्टीमा ३२३ सहायता ट्रक पु-याइएको बताएको छ ।

३१० मानवीय सहायता ट्रक र इन्धन बोकेका १३ ट्रक इजरायली–नियन्त्रित अल–औजा र कर्म अबु सलेम सीमा क्रसिङहरू हुँदै गाजामा प्रवेश गरेका हुन् । गाजापट्टी पुग्नुअघि २० वटा डिजेल र खाना पकाउने ग्यास बोकेका ३३० ट्रकहरू निरीक्षणको लागि इजरायली–नियन्त्रित क्रसिङहरूमा गएका थिए ।

प्यालेस्टिनी गैर–सरकारी संस्था नेटवर्कका गाजा–आधारित निर्देशक अमजद शौवाले गाजामा प्रवेश गर्ने सयौं सहायता ट्रकहरू इजरायली प्रतिवन्धका कारण महिनौंदेखि इजिप्टको सीमामा अलपत्र परेका थिए । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा बुधवार इजरायल र हमास बीच युद्धविराम सम्झौता भएको थियो ।

सम्झौताको पहिलो चरण आईतवारदेखि लागू भएको थियो । यो ४२ दिनसम्म चल्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार