मनास्लुकाे रजत जयन्ती सम्पन्न : कलेज आइएसओ सर्टिफाइड

सुजन तिमल्सिना 23+ समाचार ( )
१० फाल्गुन २०७९, शुक्रबार
काठमाडौँ । शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मनास्लु वर्ल्ड कलेज आइएसओ सर्टिफाइड २००९ः२०१५ प्रमाणित भएको छ । रजत जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रमका बिच कलेजलाई आइएसओ सर्टिफाइड प्रमाणपत्र हस्तान्तरण गरिएको हाे । क्वालिटी म्यानेजमेन्ट स्टिम यूकेबाट कलेजलाई प्राप्त प्रमाणपत्र प्रदान गरिएको हो ।

मनास्लु वर्ल्ड कलेज स्थापनाको रजत वर्षमा प्रवेश गरेको अवसरमा आइएसओ सर्टिफाइड प्रमाणपत्र हस्तान्तरण गरिएको हाे । बिगतमा प्राक्सिस इन्टरनेशनल एकेडेमी नामबाट स्कुल सञ्चालनमा रहेकोमा हाल मनास्लु नामबाटै सञ्चालनमा रहेकाे छ ।

कलेजका अध्यक्ष गेन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यतामा आयोजित विशेष समाराेहका बिच मनास्लुले सोमबार रजत जयन्ति मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा कलेजले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । कार्यक्रममा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मनास्लु कलाकारिता सम्मान २०७९, संचारकर्मी टीकाराम यात्रीलाई मनास्लु पत्रकारिता सम्मान २०७९, क्रिकेटर पारस खड्कालाई मनास्लु खेलकूद सम्मान २०७९ ले सम्मान गरिएको थियाे ।

शिक्षाकर्मी ऋतुराज सापकोटालाई मनास्लु शिक्षासेवी सम्मान २०७९, समाजसेवी रामजी अधिकारीलाई मनास्लु समाजसेवी सम्मान २०७९ ले सम्मान, कलेजका एकेडेमिक हेड शशि केसी मनास्लु विशेष सम्मान २०७९बाट सम्मानित गरिएको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिनुभयाे ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार