काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले भव्य रूपमा शिक्षा दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षा दिवसको अवसरमा गत बुधबार गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख अतिथ्यतामा रहेको कार्यक्रममा उपमेयर सान्नानी लामाको विशिष्ठ आतिथ्यता रहेको थियो भने, शिक्षा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख दिपक रिसालले, ' शिक्षा क्षेत्रमा योगदान पुर्याउन प्रोत्साहन र हौसलाका स्वरूप हामीलु सम्मान गरेको बताउनुभयो ।
उहाँले गोनपामा ११३ भन्दा बढि शिक्षक, विद्यार्थी र शैक्षिक संस्थाहरू सम्मान गरिएको बताउदैँ यहाँका विद्यार्थीहरूलाई कसरी अगाडि बढाउने भन्ने कुराहरू निति तथा कार्यक्रममा पनि समावेश एवं समन्वय गरिएको बताउनुभयो ।
उहाँले डिजिटलाइजेसनका माध्यमबाट अगाडि बढाउने उहाँले बताउनुभयो । उहाँले गोकर्णेश्वर महानगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्रमा अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै, उपप्रमुख सान्नानी लामाले, हामीले शिक्षा बिना काम गर्न नसकिने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा हासिँल गर्न हौसला मिलोस भन्ने कामना गर्नुभयो ।
उहाँले, शिक्षा क्षेत्रमा काम गरिरेका शिक्षक शिक्षिकाहरूलाई अगाडि दिनमा अगाडि बढेर नयाँ ज्ञान सिपलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
सोही अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रका शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेको थियो । गोकर्णेश्वर नगरपालिका शिक्षा र स्वास्थ्यका क्षेत्रमा अब्बल नगरपालिकाका रूपमा परिचित रहेको छ ।