‘हरि बहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित

दक्ष खबर 16654+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

काठमाडौँ । नेपाली चलचित्र ‘हरि बहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् ।

दिपेन्द्र के. खनालको निर्देशनमा बन्ने चलचित्रमा अभिनेत्री खड्काले हरिवंश आचार्य र प्रकाश सपुतसँग अभिनय गर्नेछिन् । 

प्रकाश र स्वस्तिमाको यो लगातार दोस्रो सहकार्य हो । यसअघि उनीहरू प्रकाशकै निर्देशनमा तयार हुँदै गरेको चलचित्र ‘वसन्त’ मा पनि सँगै देखिएका थिए ।

चलचित्र ‘हरि बहादुरको जुत्ता’लाई सरोज ओलीले निर्माण गर्दैछन् । हरिवंश आचार्यकै कथा रहेको यो चलचित्र छिट्टै छायाङ्कनमा जाने तयारीमा निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार