क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार
१७ जेठ २०८१, बिहीबार
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उहाँलाई भिसा दिन अस्वीकार गरेको हो ।
नेपाली क्रिकेट समर्थकहरुले उहाँलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरिएकाे थिए ।
योसँगै उहाँको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ ।