पूर्व उपप्रधानपञ्च डंगोलको निधनप्रति आइतबार काठमाडौँ महानगरपालिकामा शोक विदा

दक्ष खबर 15660+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

काठमाडौँ । तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौँ महानगरपालिकाले आइतबार शोक विदा दिने भएको छ । आज प्रशासन विभागले सूचना जारी गर्दै शोक विदा सम्बन्धी जानकारी दिएको हो ।  

वि. सं. २००४ साल माघ २९ गते जन्मनुभएका डंगोल लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहनुभएको थियो । उहाँको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनु पर्ने डाइलाइसिस गएको विहीबार मात्र पनि गरिएको थियो । 

पञ्चायतविरुद्धका कार्यक्रम सञ्चालन गर्ने क्रममा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च (वि. सं. २०४३) तीर्थराम डंगोलको संवत् २०८२ वैशाख १२ गते शुक्रबार (ने. सं. ११४५ चौलागा द्वादशि)का दिन असामयिक निधन भएको खवरले काठमाडौँ महानगरपालिका परिवार स्तव्ध भएको छ । यो कठिन घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ । 

उपप्रधानपञ्चका रुप उहाँले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै मिति २०८२ बैशाख १४ गते आइतबार (ने. सं. ११४५ चौलागा आमै) का दिन शोक विदा दिने निर्देशानुसार उक्त दिन अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने व्यहोरा अनुरोध गरिन्छ । 

उहाँमा पिसाव थैलीको क्यान्सर थियो । मिर्गौलामा समस्था देखियो । गएको विहीबार मिर्गौलाको डाइलोसिस भएको थियो । हप्ताको २ दिन गर्नुहुन्थ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार