कामपा -६ बौद्धमा महाङ्काल भगवान र गुरु पद्मसम्भवको प्रतिमा प्राण-प्रतिष्ठापन हुदैँ

दक्ष खबर 15672+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा- ६ बौद्धमा महाङ्काल भगवान र गुरु पद्मसम्भवको प्रतिमा प्राण-प्रतिष्ठापन सहित साधना पुजा हुने भएको छ ।

नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको श्री बौद्धनाथ क्षेत्र विकास समिति द्धारा काठमाडौँ महानगरपालिका वडा - ६ बौद्धमा निर्मित महाङ्काल भगवान, गुरु पद्मसम्भवको प्रतिमा प्रतिष्ठापन पूजा हुने भएको हो ।

आगामी साउन ५, ६, ८ र ९ गते महाङ्काल भगवानको प्रतिमा प्रतिष्ठापन साधना पूजा गरिने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो । साउन २ गते बसेको बैठकमा छलफल भई यस कार्यक्रम सम्बन्धी निर्णय भएको अध्यक्ष लामाले बताउनुभयो  ।


बैठकले पूजा सम्पन्न गर्नका लागि विकास समितिका पदाधिकारी, सदस्य र विभिन्न सरोकारवाला निकाय संघ–संस्थाहरु रहेने गरि सहारोह समिति गठन गरि विभिन्न जिम्मेवारी समेत विभाजन जनाइएको छ ।

निर्धारित कार्यक्रमअनुसार साउन ५ गते शनिबार बिहान १० बजे श्रद्धेय गुरु नाम्खा रेन्पोचेबाट साधना राप्ने पूजा गर्दै बौद्ध महाङ्काल मूर्ति प्रतिष्ठापन पूजा सुरु हुनेछ । त्यसैगरी, ६ गते आइतबार बिहान ९ बजे गुरु लोप्साङ नाम्गेल रेन्पोचेबाट श्रद्धेय गुरु पद्मसम्भव मूर्तिको साधना राप्ने पूजा हुने छ ।

यस्तै, ८ र ९ गते हिन्दू धर्म, बौद्ध धर्म र बज्रचार्य गुरुहरुबाट परम्परा अनुसार गुरुहरुबाट महाङ्काल मूर्तिको प्राणप्रतिष्ठापन साधना पूजा हुने अध्यक्ष लामाले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार