देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्छाैँ : प्रधानमन्त्री

दक्ष खबर 16544+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार
 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताउनुभएको छ । शनिवार काठमाडौँमा २१औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशबाट युवाहरु बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरुको भएको बताउनु भयो । उहाँले अरुलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरुको भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्नसके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउनेमा लाग्न आग्रह गर्नुभयो । उहाँले देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभुति दिलाउने गरी काम गरिरहेको बताउनु भयो । देशलाई सबल बनाउने गतिशिलताका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले देश बनाउनु छ । देश बनाउने हामीले हो । हाम्रा छोराछोरी देशभित्र बस्न छोडेका छन् । देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने हामीले हो । अहिलेका एक्टरहरु हामी हौँ । हामीले अरुलाई दोष लगाएर हुँदैन । यतिबेला हामीले राम्रो काम गर्यौँ भने भोलिका लागि राम्रो स्थिति बन्छ । त्यसकारण राम्रो स्थिति बनाऔँ । राम्रो काम गरौँ । देशमा सकारात्मक परिवर्तन ल्यऔँ । जनताको जीवनमा सकारात्मक अनुभुति होस् । सेवाग्राहीले अहिलेको सरकार अहिलेको कर्मचारीतन्त्र यि सबैकुरा सकारात्मक छन्, हाम्रा लागि हुन्, हाम्रो सेवा गर्छन् भन्ने अनुभुति गर्न पाउन् । हामीले देशलाई सबल बनाउने गतिशिलता दिएर अघि बढौँ ।’

प्रधानमन्त्री ओलीले जनतालाई पु¥याउने सेवामा कुनैपनि कारणले कमी हुन नदिन निर्देशन दिनुभयो । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार