नेपालले पनि 'ग्रेटर नेपाल'काे नक्सा जारी गर्नुपर्छ : गगन थापा

दक्ष खबर 16544+ समाचार ( )
२५ जेठ २०८०, बिहीबार

बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो 'ग्रेटर नेपाल' जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ ।   

बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालकाे नक्सा जारी गर्नुपर्ने बताउनुभयो ।   

सो अवसरमा उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पार्नुभयो ।   

उहाँले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आगामी भदौमा हुन लागेको नीति अधिवेशन हुने बताउनुभयो ।   

उहाँले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठीक ठाउँमा उभ्याउने दुरगामी निर्णय लिनेमा विश्वास व्यक्त गर्नुभयो । 

उहाँले वर्तमान सरकारलाई जनतामा अनुभुति हुने गरी काम गर्न सुझाव दिनुभयो । महामन्त्री थापाले कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको समेत प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार