काठमाडौँ । भारत र पाकिस्तानबिचको पछिल्लो द्वन्दका कारण हवाई उडानमा ठुलो संख्यामा रद्द भइरहेका छन् । भारतले पाकिस्तान आतंकवादी शिविहरूमा आक्रमण गरेपछि पछिल्ला दिनहरूमा दुई सयभन्दा बढि हवाई उडानहरू रद्द भएको हुन् ।
त्यस्तै, हाल १८ वटा विमानस्थलहरू बन्द रहेका छन् । पछिल्लो समय भारत र पाकिस्तानबिचको द्वन्द चर्किदो अवस्थामा रहेको छ ।
यसैबीच पोखरा अन्तराष्ट्रिय विमानस्थललाई उचाईमा पु-याउने मौका नेपाललाई मिलेको छ । भारत तथा पाकिस्तानमा भईरहेको हवाई उडानलाई पोखरा वा काठमाडौँमा (डाइभट) अवतरण गराउने अवसर नेपाललाई रहेको छ । यसका लागि परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले विशेष चासो दिनुपर्ने देखिन्छ ।
हवाई उडानको अस्तब्यस्ततालाई चिर्दै सावधानी पूर्वक अगाडि बढाउने हो भने नेपाली आकाशले नयाँ विमानको उडानदेखि अवतरणको अवसर पाउने छ ।
विभिन्न देशबाट भारतमा उडान बन्द रहेको र नेपाल भारत बिच खुल्ला सिमा नाका रहेकाले पोखरा तथा काठमाडौँ विमानस्थलमा अवतरण गराएर अगाडि बढ्न सके अद्वितीय अवसरका रहेको देखिन्छ ।