प्रोगेसिभ एजुकेसनल फोरमको सोह्रौँ बार्षिकोत्सब शुक्रबार हुदैँ, दीप श्रेष्ठलाई अभिनन्दन गरिदैँ

दक्ष खबर 15672+ समाचार ( )
२४ श्रावण २०८०, बुधवार

काठमाडौँ । विगत लामो इतिहास बोकेको प्रोगेसिभ एजुकेसनल फोरम ९पिइएफ० चाबहिलले १६ अौँ वार्षिकोत्सब समारोह गर्ने भएको छ ।

प्रोगेसिभ एजुकेसनल फोरमले शुक्रबार राट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गरि फोरम भित्र आवद्ध रहेका विभिन्न विद्यालयहरूको सहभागीतामा वार्षिकोत्सब सहित विभिन्न कार्यक्रम गर्ने भएको हो । 

फ‍ोरमभित्र आवद्ध संस्थागत विद्यालयको संयुक्त आयोजनामा एसईई सम्मान, नृत्य तथा गायन प्रतियोगिता लगायत सम्मान कार्यक्रमहरू सम्पन्न गर्ने फोरमको तयारी रहेको छ ।

कार्यक्रममा बहुआयामिक क्षेत्रमा पुर्‍याएको उच्च योगदानको कदर गर्दै वरिष्ठ गायक तथा संगितकार दीप श्रेष्ठलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ भने, कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल फोरम भित्रका बिद्यालयका विद्यार्थीहरूलाई सम्मान तथा प्रतियोगिताका विजेताहरूलाई सम्मान सहित पुरस्कृत गरिने कार्यक्रम रहेको सेन्ट लरेन्स स्कुलका प्रधानाध्यापक पुरूषोत्तम महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रका धरोहरका रूपमा रहेका विविध क्षेत्रका व्यक्तित्वहरू, शिक्षाविद, फोरमभित्रका सबै विद्यालयका संस्थापक, प्राचार्य, निर्देशक वि.व्य.सका अध्यक्ष, निर्देशक, शिक्षक शिक्षिकाको समुपस्थितिमा कार्यक्रम सम्पन्न गर्हुँने तयारी रहेको संस्थाका सचिव लम्बोदर घिमिरेले जानकारी दिनुभयो ।

उक्त फोरम भित्र आवद्ध शैक्षिक संस्था र अतिरिक्त तिनिहरूले आयोजना गर्ने कार्यक्रमहरू र विद्यालयबिच वर्षभरि हस्तलेखन, कविता बाचन, वक्तृत्वकला, चित्रकला, वादविवाद, नेपाली र अङ्ग्रेजी हिज्जे, कथावाचन, बास्केटवल, फुटवल जस्ता विविन्न प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम गर्दै आएको छ ।  

विंक्रम संवत् २०५४ सालमा स्थापना भएको फोरममा हाल दश वटा विद्यालयहरू सहभागी छन् भने, जसमा अनमोल ज्योति सेकेन्डरी स्कुल, ज्ञानदीप शिक्षा सदन, दुर्गा भवानी एकेडेमी, निमोनिक मोर्डन एकेडेमी, महान सिद्धार्थ हाई स्कुल, मिसन पव्लिक स्कुल, मोक्षदा स्कुल, लभ्ली इन्जल्स अ।आ। वि, न्यु सनसाइन सेकेन्डरी स्कुल र सेन्ट लरेन्स स्कुल रहेका छन् । यी विद्यालयहरू गुणस्तरीय शिक्षा प्रदानमा कटिबद्ध रहेको देखिन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार